करिब ७.८ म्याग्निच्युडका तीनवटा भूकम्प, १३ सय बढीकाे मृत्यु
काठमाडाैं | माघ २३, २०७९
बेरुत: टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।
अहिलेसम्म सो क्षेत्रमा निरन्तर गइरहेको भूकम्पका कारण मृत्यु हुनेकाे १३ सयभन्दा बढी पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलाे भूकम्प हो ।
भूकम्पविद्का अनुसार सो क्षेत्रमा केही दिनसम्म पराकम्पन व नयाँ भूकम्पहरू जाने सम्भावना रहेको छ ।

अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समय सोमबार बिहान ४ : १७ बजे टर्की अधीनस्थ दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भएर सुरु भएको भूकम्पको ७.८ म्याग्निच्युडको रहेको थियो ।
३७ लाख सिरियाली शरणार्थीहरू बसोबास गरिररहेकाे सो स्थानको नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यो विश्वको सबैभन्दा ठूलाे शरणार्थी शिविर हो । भूकम्पमा परी १७ सय भवनहरू भत्किएका छन् ।
युनिभर्सिटी कलेज अफ लण्डनका स्टेफेन हिक्कका अनुसार अहिलेसम्म दर्जनौँ भूकम्पका पराकम्पन गइसकेका छन् । मुख्य भूकम्प गएको दश मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पन गएको थियो ।
भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा गरी ५६० भन्दा बढीको मृत्यु भएका छन् । टर्कीमा मात्रै ९१२ जनाको ज्यान गएको छ ।

भूकम्पको धक्का लेबनान, साइप्रसमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण सम्भावित सुनामीको मध्यनजर गरी इटालीमा जोखिम न्यूनीकरणे व्यवस्थापन गरिएको बीबीसीले उल्लेख गरेको छ ।
८० वर्ष अघि टर्कीमा सन् १९३९ मा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ३० हजार सर्वसाधारणको मृत्यु भएको थियो । यस्तै, २०२० जनवरीमा ६.७ म्याग्निच्युडकोकाे भूकम्प जाँदा ४१ जनाको ज्यान गएको थियो । –उपेश महर्जन
(बीबीसी, अलजजिरा) को सहयोगमा ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

